दफा ३५
राष्ट्रिय जोखिम मूल्याङ्कन गरिने
(१) आवधिक रुपमा तथा आवश्यकता अनुसार सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर तथा सम्बद्ध कसूर सम्बन्धमा राष्ट्रिय जोखिम मूल्याङ्कन गरिनेछ । (२) उपदफा (१) बमोजिमको राष्ट्रिय जोखिम मूल्याङ्कन गर्ने प्रमुख दायित्व कार्यान्वयन समितिको हुनेछ । (३) उपदफा (२) बमोजिमको कार्यान्वयन समितिको गठन, काम, कर्तव्य अधिकार तथा राष्ट्रिय जोखिम मूल्याङ्कन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।